बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त हुँदै, आजै शपथ



हेटौँडा, ४ भदौ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा ‘एमाले’ का किरण थापा नियुक्त हुने भएको छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हून्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो ४:०५ बजे नयाँ मुख्यमन्त्रीको नियुक्ति र दिउँसो ४:२० बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह तय गरिएको छ। थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीनवटा दलको समर्थनसहितको संयुक्त दाबी पेश भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : भाद्र ४, २०८३ बिहीबार  १ : ३४ बजे