सामान्य घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, भदौ ९ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

आज (मंगलबार) सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : भाद्र ९, २०८३ मंगलबार  ११ : ०६ बजे