देउवा र खड्काको पूरक निवदेन सर्वोच्चमा दर्ता, ११ गते पेसी



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार पूरक निवेदन दिएका थिए । उनीहरूले दिएको पुरक निवेदन मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुवै पूरक निवेदनमाथि ११ भदौमा पेसी तोकिएको छ ।

प्रकाशित मिति : भाद्र ९, २०८३ मंगलबार  १ : ०० बजे