उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहत तीव्र बनाउन सरकार, राजनीतिक दल र सामाजिक संघ(संस्थालाई अनुरोध गरेका छन्।

उनले सुरक्षासहित सबै निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढीको धनजन क्षतिले आफू दुःखी भएको उनले उल्लेख गरेका छन्।

१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ(संस्थालाई अनुरोध गरेका छन् ।

उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।

रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बनाएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : भाद्र १०, २०८३ बुधबार  १ : १२ बजे