काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिउका हुन् । उनले बैठक बाढीजन्य विपद्पछिको खोज, उद्धार र राहतको विषयमा सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा नै केन्द्रित भएको बताए।
खरेलले बाढी प्रभावित नागरिकको उद्धार तथा राहत र पुनर्निर्माणका कार्यमा पार्टीको ¥यापिड एक्सन टिम’ले काम गरिरहेको समेत जानकारी दिए ।
उनका अनुसार पार्टी सभापति रवि लामिछानेले यस विपद्को समयमा पीडामा रहेका नागरिको उद्धार र राहतमा जुट्न सबै पक्षलाई आग्रह समेत गरेका छन् ।









