पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालले माग्यो अन्तर्राष्ट्रिय सहयोग



काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तिब्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रश्ताव गरेको जानकारी दिएका छ।

शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पु¥याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताएका हुन् ।

मन्त्री खनालकाअनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ ।

यसका लागि डिएनए परीक्षण र रिपोर्टिङमा सहयोग पु¥याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको उन बताए ।

बाढी र पहिरोका कारण ४० भन्दा बढी पुलहरू र सडक सञ्जालहरू पूर्ण रूपमा अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न गम्भीर चुनौती थपिएको छ। विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै मन्त्री खनालले भोलिका दिनमा हुने पुनर्निर्माण र पुनःस्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताए। हालसम्मको सरकारी तथ्याङ्कअनुसार करिब १५ हजार निजी घरहरू र ४२ वटा पुलहरूमा ठूलो क्षति पुगेको छ। यद्यपि, ‘हानि र नोक्सानी’ को विस्तृत वैज्ञानिक अध्ययनपछि मात्र यकिन तथा अन्तिम तथ्याङ्क बाहिर आउने उनको भनाइ छ।

प्रकाशित मिति : भाद्र १३, २०८३ शनिबार  ८ : २६ बजे