रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या ७५२ पुग्यो



काठमाडौं । रसुवा बाढीबाट भएको मानवीय क्षति थप बढेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ १४ गते दिउँसो १ बजेसम्म बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा गरी ७५२ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो। चितवनमा फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत रहेका छन्।

प्रकाशित मिति : भाद्र १४, २०८३ आईतबार  २ : ५५ बजे