सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।

आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ। आइतबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा कारोबारभइरहेको छ।

प्रकाशित मिति : भाद्र १५, २०८३ सोमबार  ११ : ३९ बजे