त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।

सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे शपथ लिंदैछन् ।

शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।

सरकारले गत वैशाखामा अध्यादेश मार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो ।

प्रकाशित मिति : भाद्र १६, २०८३ मंगलबार  ११ : ५८ बजे