त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्ड भासियो



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ ।

नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन शुरु भएको हो । नदीको बहाव बढेर सडकको जगमै क्षति पु¥याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ ।

गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो ।

आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

प्रकाशित मिति : भाद्र १७, २०८३ बुधबार  ११ : ३६ बजे