रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित



काठमाडौं । रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा सभामुखले राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीन वटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिए।

प्रकाशित मिति : भाद्र १७, २०८३ बुधबार  ४ : २५ बजे