सुनको मुल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मुल्य बढेको छ।

बुधबार प्रतितोला आठ हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य यस दिन तोलामा सात हजार ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।बुधबार प्रतितोला चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र १८, २०८३ बिहीबार  १२ : ४७ बजे