काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मिता पोखरेलले जानकारी दिए।
सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको थियो।









