भोटेकोशी बाढीः झन्डै चार खर्ब क्षतिको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने



काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनासकारी बाढी झण्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकारणले बिहीवार साँझ नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै बाढीबाट क्षेत्रगत र मानवीय गरी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको भएको प्रारम्भिक अध्ययनले देखाएको जनाएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा।धर्मराज उप्रेतीले आगामी चार महिनाभित्र प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको समेत बताए । उनले बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणसँगसँगै क्षतिको विवरण संकलनको कार्य समेत निरन्तर भइरहेको बताए ।

उनका अनुसार भवन, सार्वजनिक बस्ती, पुल, स्वास्थ्य, पोषण, शिक्षा, कृषि, पशुपालन, ऊर्जा, विद्युत र दूरसञ्चार क्षेत्रको तत्काल पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको समेत बताउनु भयो । उहाँले बिहीवार मात्र बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरि काठमाडौं ल्याउने कार्य भइरहेको समेत बताए।

प्रकाशित मिति : भाद्र १८, २०८३ बिहीबार  ८ : ४४ बजे