विज्ञहरूसहित कांग्रेस सभापति थापा पुगे रसुवा



काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापा बाढी प्रभावित क्षेत्र रसुवा पुगेका छन् ।

उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी विज्ञहरूसहित रसुवा पुगेका हुन् ।

थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका पुगेका उनको सचिवालयले जनाएको छ ।

थापा यसअघि नुवाकोट पुगेर फर्किएका थिए ।

कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् भने कांग्रेसको भातृ संस्थाहरु नेविसंघ र तरुण दललगाायतका संस्थाहरु बाढी प्रभावित क्षेत्रमा गएर राहत वितरण गर्ने कार्यहरुमा सक्रिय छन् ।

प्रकाशित मिति : भाद्र १९, २०८३ शुक्रबार  ११ : ०९ बजे