श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति पौडेलले गरे पाटनस्थित कृष्ण मन्दिरमा पूजाअर्चना



काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिरमा पुगी पूजाअर्चना गरेका छन् ।

शुक्रवार दिउँसो मन्दिर पुगेका राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्णको दर्शन गरी पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका हुन् ।

सो अवसरमा उनका साथमा प्रथम महिला सबिता पौडेलको पनि सहभागिता रहेको थियो । श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्रप्रमुखले पाटनको कृष्ण मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने प्राचीन परम्परा रहिआएको छ ।

प्रकाशित मिति : भाद्र १९, २०८३ शुक्रबार  ७ : ४४ बजे