काठमाडौं ।नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
नेपालले तेस्रो खेलमा आइतबार मलेसियामा साउदी अरेबियामाथि ५ विकेटको जित निकाल्यो । साउदी अरेबियाले दिएक १९१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४१ ओभरमा पूरा गर्यो । नेपालका लागि गुल्सन झाले नटआउट ४४ रन बनाए । रोहितकुमार पौडेलले नटआउट २४ रन बनाए ।
त्यसअघि ओपनरद्वय अर्जुन कुमाल १५ रन र आशिफ शेख २० रनमा आउट भए । देव खनालले ३९ रन तथा इशान पाण्डेले ४० रन बनाए ।
साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २(२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।
त्यसअघि मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १९० रनमा अलआउट भएको थियो ।
साउदीका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको पारि खेले । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे ।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित १९ रन दिएर ३ विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ९।२ ओभरमा ४३ रन दिएर ३ विकेट नै हात पारे ।
ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए ।









