भोटेकोशी बाढीमा ज्यान गुमाएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो



काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ।

आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइने छ।

प्रकाशित मिति : भाद्र २२, २०८३ सोमबार  १० : ४६ बजे