सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०८३ सोमबार  ११ : ४१ बजे