प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्।

महासभालाई सम्बोधन गरेपछि उनी असोज ९ गते नै स्वदेश फर्किने तय भएको छ।

हालै भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी हुन लागेका हुन्।

महासभामा उनले नेपालमा जलवायु परिवर्तनले पारेको गम्भीर असर र क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : भाद्र २२, २०८३ सोमबार  ५ : ०० बजे