सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौँ, भदौ २३ । सुनको मूल्य आज (मंगलबार) बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार ५ सय रुपैयाँले बढेको हो।

योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो ‘सोमबार’ सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : भाद्र २३, २०८३ मंगलबार  ११ : २८ बजे