प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत, शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त



काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

आज (बिहीबार) बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।

तेस्तै मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा डा। हरिप्रसाद लम्साल नियुक्त गरेको छ ।

बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  ५ : २९ बजे