सोमबार २५ अंकले बढ्यो सेयर बजार, चार अर्ब ६८ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजार २५।५५ अंकले बढेको छ । सोमबारको बृद्धि पछि बजार २५८५।०४ विन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम पनि बढेर चार अर्ब ६८ करोड ४५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

२२६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

इन्फिनिटी लघुवित्त, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त, मल्टीप्रपोज फाइनान्स, एनआईसी एसिया सेलेक्ट फन्डलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

तेस्तै उपकार लघुवित्तm अभियान लघुवित्त र इमर्जिङ नेपाल गुमाउँने सुचीमा परे ।

प्रकाशित मिति : भाद्र २९, २०८३ सोमबार  ३ : ५३ बजे