दातृ निकायबाट प्राप्त स्रोत प्रयोगको तयारी हुदैछ, पुनर्स्थापनामा बजेट अभाव हुँदैन : प्रधानमन्त्री शाह



प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपछिको पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएका छन् ।

रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

छलफलमा शाहले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताए ।

छलफलमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा केहि मन्त्रीहरुसहित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहका प्रतिनिधिसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी थिए ।

छलफल गर्दै उहाँले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बता

प्रकाशित मिति : भाद्र २९, २०८३ सोमबार  ४ : ०६ बजे