तोलामा २ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं, असोज १ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार भइरहेको छ।

अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : आश्विन १, २०८३ बिहीबार  ११ : ३५ बजे