काठमाडौं । राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधि सभाका पेश गरिएको छ ।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा समिति सभापति हरि ढकालले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।
विद्यमान राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई समय सापेक्ष बनाई कार्यान्वयन यो विधेयक ल्याएको सरकारको दाबि छ ।
विधेयकको समितिको प्रतिवेदन पेश गर्दै सभापति ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रुपमा राष्ट्र सेवामा खटाउनसक्ने गरी कानूनी व्यवस्था गर्न विधेयक ल्याईएको बताए ।











