काठमाडौं, असोज २ । स्थानिय बजारमा आज शुक्रबार सूनको मूल्य बढेको छ ।
आज सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।











