काठमाडौं । राजनीति विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।
उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारकाविरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।
साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।










