एमाले सचिवालय बैठक शुरु



काठमाडौं । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुरु भएको छ ।

सोमवार बिहानबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक जारी रहेको हो ।

पार्टीको केन्द्रिय कमिटी बैठकका लागि आवश्यक एजेण्डाहरू तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो ।

आइतबार (हिजो) बसेको सचिवालय बैठकमा पुनर्गठन कार्यदलको प्रतिवेदन पेस भएको थियो ।

कार्यदलको निर्णयमा अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए ।

सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विशेषगरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण र आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८३ सोमबार  १० : ५० बजे