पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पारित



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदन पारित गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पारित भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ५, २०८३ सोमबार  १२ : १६ बजे