प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसुची



काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे शुरू हुनेछ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ।

संघीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

प्रकाशित मिति : आश्विन ६, २०८३ मंगलबार  १० : ०१ बजे