एमाले केन्द्रीय कमिटीको बैठक: आज तेस्रो दिन पनि जारी



काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रष्तुत गरेको प्रतिवेदन माथी धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् ।

केन्द्रीय सदस्यहरुलाई बोल्नका तीन् मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेण्डामा माथी बहस भइरहेको छ ।

प्रकाशित मिति : आश्विन ७, २०८३ बुधबार  १० : १६ बजे