काठमाडौं । नेपाल पर्यटन बोर्डले पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च शतर्कता र सावधानी अपनाउन अपिल गरेकोहो ।
बोर्डले विशेषगरी यही असोज ९ गते शुक्रवारदेखि ११ गते आईतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे पर्यटन गतिविधि स्थगित गर्न समेत आग्रह गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा पनि अति भारी वर्षा गराउन सक्ने चेतावनी जारि गरेपछि सावधानी अपनाउन जरुरि देखिएको छ ।










