काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा साे भेट भएको हो ।
भेटवार्तामा देशको समसामयिक राजनीतिक, आर्थिक अवस्था तथा राष्ट्रिय चासोका विषयहरूमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।










