काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेका छन् ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेको हो ।
महासंघले यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।
साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ ।











