ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी



काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छन् ।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको हो।

प्रकाशित मिति : आश्विन ८, २०८३ बिहिबार  ३ : २८ बजे