नेकपा प्रमुख सचेतक दुलालको प्रश्न- के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ ?



काठमाडौं,असोज १२ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गरेका हून् । देशमा जारी बाढीपहिरोको विपत्ति र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरे । उनले पक्राउ पुर्जीबिना नै मध्यरातमा गरिएको गिरफ्तारीलाई ‘गैरकानूनी राज्यको दृष्टान्त’ र ‘अराजकता’को संज्ञा दिए ।

दुलालले प्रश्न गरे ,‘हामी कानूनी राज्यमा छौँ कि अराजकताको बाटोमारुयो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

प्रकाशित मिति : आश्विन १२, २०८३ सोमबार  १२ : ५८ बजे