काठमाडौँ – दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।
ब्यूरोको टोलीले आज दिउँसो प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो।
प्रसाईं पटकपटक पक्राउ पर्दै र छुट्दै आएका छन्।










