राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश



काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रतिनिधिसभामा पेश गरेको छ। राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा सामरिक मामिलामा विशिष्टीकृत अध्ययन, अध्यापन र अनुसन्धान गर्ने उद्देश्यले सरकारले विधेयक संसद्मा पेश गरेको हो।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र साहको तर्फबाट विधेयक पेश गरिन्।

विधेयक पेश गर्नुअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि सदस्यबाट विरोधको सूचना नआएको जानकारी गराउँदै विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

प्रकाशित मिति : आश्विन १३, २०८३ मंगलबार  ११ : ३६ बजे