काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८३’ संसद् सचिवालयमा दर्ता गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गत मंगलबार विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति प्रदान गरेको थियो ।
मन्त्रालयका तर्फबाट संसद्मा लगिएको विधेयक दर्ता भएको हो ।










