काठमाडौँ । नेकपा एमालेका मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।
एमालेको असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधानअनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो।
मनोनीत सदस्यहरूलाई आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।










