काठमाडौँ । १५औँ महाधिवेशनको प्रचारप्रसारमा नेपाली कांग्रेसले तामझाम नगर्ने भएको छ।
पार्टीले महाधिवेशनलाई वातावरणमैत्री बनाउँदै प्रचारप्रसारमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ।
महाधिवेशनको तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले उम्मेदवारहरूलाई प्रचारप्रसारमा पर्चा, पोस्टर तथा अन्य सामग्री प्रयोग नगर्न आग्रह गरिएको जानकारी दिए।
उनका अनुसार महाधिवेशनका क्रममा शहरका विभिन्न स्थानमा तामझामसहित प्रचारप्रसार सामग्री टाँसिने छैन।










