काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणपश्चात मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरेका हुन् ।
असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो ।
सोही सन्दर्भमा शनिवार स्थलगत निरीक्षणका लागि पुगेका मन्त्री श्रेष्ठले बाँधको भौतिक अवस्थाको जानकारी लिए ।










