कांग्रेस महाधिवेशनको सबै तयारी पूरा



काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको सबै तयारी पूरा भएको छ।

महाधिवेशनस्थल खुल्ला मञ्चमा शनिवार पत्रकार सम्मेलन गर्दै काँग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशनको सबै तयारी पूरा भएको बताए।

प्रवक्ता चालिसेले काँग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको स्थलमा हुन लागेको बताए।

उनले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्व रहेको उल्लेख गरे ।

२०३३ सालमा जननायक वीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुल्ला मञ्चबाट गरेको उनले बताए

।

प्रकाशित मिति : आश्विन १७, २०८३ शनिबार  ७ : ५७ बजे