चितवन,असोज १८ । नेपाली कांग्रेसको विधान संशोधन गरी तीनजना उपसभापतिको व्यवस्था भए पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे विवरण सार्वजनिक भएको हो ।
‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ,’ उनीनिकट स्रोतले भन्यो । आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए ।










