काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेका अधिकांश नेतृत्व र सदस्यहरू आफ्नो पार्टीमा प्रशिक्षित भई गएका व्यक्तिहरू भएको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेले चुनावमा कांग्रेसले रास्वपामा भोट हालेको भनेको विषयमा जवाफ दिँदै त्यस्तो टिप्पणी गरे ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरूले प्रशिक्षित गरेका मान्छेहरू रास्वपामा पठाएको बताएका छन् । १५औँ महाधिवेशनको उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछानेले चुनावमा कांग्रेसले भोट हालेको भनेको विषयमा जवाफ दिँदै त्यस्तो टिप्पणी गरे ।
“रविजीले एउटा प्रसंग उठाउनुभएको छ– थुप्रै यहाँ भएका साथीहरूले मत हाल्नुभयो कि भन्नुभएको छ,” उनले भने, “हामीले मतदाता मात्रै होइन, संसद्भित्र हेर्नुभयो भने ४०–५० जना साथीहरू यहाँ प्रशिक्षित गरेर पठाएका छौँ । त्यसका बारेमा पनि केही छैन, यता राम्रा राम्रा कुरा सिकाएर पठाएका छौँ,” सभापति थापाले भने ।
काठमाडौंको खुलामञ्चमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा बोल्दै उनले रास्वपाको वर्तमान संरचनामा काँग्रेसको ठूलो लगानी रहेको संकेत गरेका हुन् ।
आईतवारबाट राजधानीमा शुरु भएको महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपामा गएका नेताहरू र संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको पृष्ठभूमिप्रति व्यङ्ग्यात्मक टिप्पणी गरे ।










