काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा निराधार रहेको दाबी गरेका छन् ।
आईतवार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार अस्थिर हुने भनी भइरहेका टीकाटिप्पणीलाई व्यङ्ग्य गर्दै वर्तमान सरकार इतिहास बदल्ने उद्देश्यका साथ बनेकोले तत्काल नढल्ने दाबि गरेका हुन् ।
सभापति लामिछानेले सरकार ढल्छ भन्ने भाष्यलाई खारेज गरे ।
उनले आफूहरूले व्यक्तिलाई नभई इतिहासलाई साक्षी राखेर प्रणाली सुधारको लक्ष्यसहित सरकार गठन गरेको जिकिर गरे ।










