काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गरेका छन् ।
सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो प्रश्ताव गरेका हुन् ।
निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उनको प्रश्ताव छ ।
उनले पार्टीमा सबैभन्दा बलियो सभापति नभई पार्टी सदस्य हुनुपर्ने गरी पार्टीको अगामी नीति र कार्यदिशा तय गर्नुपर्ने बताए ।










