काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा।मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा.रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।










