कांग्रेस महाधिवेशन: उम्मेदवारहरूको मनोनयन दर्ता सुरु



काठमाडौं। नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

पार्टीको केन्द्रीय निर्वाचन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ता प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।

तोकिएको कार्यतालिका अनुसार दिउँसो १२स्३० बजेदेखि अपराह्न ४स्०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

प्रकाशित मिति : आश्विन २०, २०८३ मंगलबार  १२ : ५० बजे